२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


‘मिलेर चुनावमा लडे समस्या समाधान हुन्छ’


२३ पुस २०७७, बिहिबार  

0
Shares


२३ पुस ०७७, सिन्धुपाल्चोक । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आगामी चैतमा हुने महाधिवेशन अगाव कसैको स्वार्थका लागि हठात् मनस्थितिबाट ग्रसित भई घेराबन्दीमा पारेपछि प्रधानमन्त्रीले मध्यावधि निर्वाचनको घोषणा गरेको बताएका छन् । सिन्धुपाल्चोकको खाडीचौरमा आज(विहीबार) आयोजित नेपाल कम्युनिष्ट पार्टी(नेकपा)कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टी सचिवालय सदस्य पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएको अभियोग फिर्ता लिई मिलेर चुनाव लडेमा सबै समस्या समाधान हुने बताए ।
ताजा जनादेशका लागि गरिएको प्रक्रिया कायमै रहने जनाउँदै उनले वैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरिएको जिकिर गरे ।
कार्यक्रममा युवा तथा खेलकूदमन्त्री दावा लामाले वैशाखमा हुने निर्वाचनमा सहभागी हुन सबैमा आग्रह गरेका थिए ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  ८ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।