११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


विमानस्थलबाट १ किलो सुनसहित एक जना पक्राउ




२५ चैत ०७७, ललितपुर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एकजना पक्राउ परेका छन्।

विमानस्थलका एसएसपी रजेशनाथ बास्तोलाका अनुसार धनुषा घर भएका ३४ वर्षीय प्रकाश महरा उक्त परिमाणको सुनसहित पक्राउ परेका हुन्। उनी फ्लाइ दुबईको उडानमार्फत् काठमाडौं आएका थिए।

विमानस्थल भन्सार क्षेत्रमा जाँच गर्दा महराको साथबाट पहेँलो धातु बरामद गरेको हो। उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको एसएसपी बास्तोलाले जानकारी दिए।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  २ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।