१९ पुस २०८२, शनिबार | Sat Jan 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सांसदको घरमा ढुङ्गा हानेको आरोपमा २ जना पक्राउ




३ वैशाख ०७७, काठमाडौं । काठमाडौं महानरगपालिका ३१ शान्तिनगरस्थित कारेश्वर मन्दिर नजिक सांसद झपट बहादुर रावल बस्ने घरमा ढुङ्गा प्रहार गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघर बस्ने रामेछाप गोकुल गाउँपालिका १ घर भएका २२ वर्षीय मनोज तामाङ र ललितपुर इमाडोल बस्ने पाँचथर फिदिम नगरपालिक १० याङ्नाम घर भएका २४ वर्षीय नसिम लिम्बु रहेका छन् ।
सांसद रावल बस्ने घरमा बुधबार राति अपरिचित व्यक्तिहरु अनाधिकृत रुपमा पसेर ढुङ्गामुढा गरेपछि उनीहरुलाई त्यस आरोपमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरीको भनाई छ ।
उनीहरुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको यस महाशाखाले जनाएको छ ।

 

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  १० : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।