१२ माघ २०८२, आइतबार | Sun Jan 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पानी पर्दा डढेलो निभ्यो, किसान खुशी



म्याग्दीको बराहापाखो सामुदायिक वनमा लागेको डढेलो । यही एक महिनाको अवधिमा म्याग्दीका ५० भन्दा बढी सामुदायिक वनमा आगलागी भएपछि हराभरा वन जङगल अहिले उजाड पाखामा परिणत भएका छन । आगोलागीबाट एक हजार आठ सय हेक्टरभन्दा बढी वन क्षेत्र सखाप भएको अनुमान गरिएको छ । तस्बिर : धु्रबसागर शर्मा\रासस

४ वैशाख ०७७, म्याग्दी । म्याग्दीसहित साविकको धौलागिरि अञ्चलका तीनवटा जिल्लामा बिहीबार र शुक्रबार वर्षा भएको छ । मुस्ताङबाहेक म्याग्दी, पर्वत र बागलुङ जिल्लामा पानी परेपछि यहाँका किसान खुशी भएका छन् ।
लामो समयपछि भएको वर्षाका कारण किसान खुशी भएका हुन् । पानी परेसँगै खेतीबाली सप्रिने, केही दिन अघिदेखि बढेको वातावरणीय प्रदूषण कम हुने र आगलागी पनि नियन्त्रणमा आउने भएपछि किसान खुशी भएका हुन् । लामो समयपछि पानी पर्दा बाँझो जमिन खनजोत गर्न तथा मकै गोड्न सजिलो हुने बेनी नगरपालिका २ बगरफाँटका किसान भीमबहादुर कार्कीले बताए ।
पानी परेपछि थुप्रै ठाउँमा भइरहेको आगलागीसमेत नियन्त्रणमा आएको छ ।

यस वर्ष गत एक महिनाको अवधिमा म्याग्दीको एक हजार ६ सय हेक्टर जङ्गलमा आगलागी हुँदा वातावरण नै असहज बन्नुका साथै बस्तीसमेत खतरामा परेका थिए तर, वर्षाले आगलागी नियन्त्रणमा आएको स्थानीय बासिन्दाले बताएका छन् । असोजयता पानी नपरेपछि यो वर्ष हिउँदे खेतीमा नराम्रो असर परेको थिायो भने बर्खे खेती लगाउन पनि असर परेको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ९ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।