
८ वैशाख ०७७, काठमाडौं । बिहीबार राति नेपाली आकाशमा उल्का वर्षा हुने भएको छ ।
नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अनुसार उल्का वर्षा हुन लागेको हो । वैशाख ३ गतेदेखि सक्रिय रहेको वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) यही वैशाख १७ गतेसम्म सक्रिय रहने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । वैशाख ९ गते राति ११ बजेदेखि वैशाख १० गते बिहान सूर्योदयसम्मको समय यो वर्षा उच्च देखिने उनले सुनाए । अत्यधिक सक्रियताका समयमा प्रतिघन्टा १५–२० वटा उल्का खसेको देख्न सकिने सोसाइटीले जनाएको छ ।
८ बैशाख २०७८, बुधबार
0
Shares







प्रतिक्रिया