१९ पुस २०८२, शनिबार | Sat Jan 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सभा–समारोह तथा सार्वजनिकस्थलमा कार्यक्रम नगर’




१२ वैशाख ०७८, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण तीव्र रुपमा बढेको भन्दै सभा–समारोह तथा सार्वजनिकस्थलमा कार्यक्रम नगर्न आग्रह गरेको छ ।
मन्त्रालयले एक सूचना जारी गर्दै यस्ता कार्यक्रम गर्ने र सहभागी हुने दुवैलाई कारबाहीको दायरामा ल्याउन मन्त्रालयले सम्बन्धित निकायहरुलाई सूचित गरेको हो । मन्त्रालयले स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पालना गर्न आग्रह सबैलाई गरेको हो ।
यस्तै मन्त्रालयले समाचार तथा सूचना सम्प्रेषण गर्दा मास्कको प्रयोग अनिवार्य गर्न तथा मास्कको प्रयोग नगरेका व्यक्तिका समाचार तथा सूचनालाई निरुत्साहित गर्न समेत मन्त्रालयले सञ्चारमाध्यमहरुलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ४ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।