१९ पुस २०८२, शनिबार | Sat Jan 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कोरोना बढेसँगै सञ्चारकर्मीहरुलाई स्वास्थ्य समाग्री



वीरगञ्ज साईकलिङ्ग क्लबका अध्यक्ष संजय कुमार अग्रवालले स्वास्थ्य सुरक्षाका लागी स्वास्थ्य समाग्री सहयोग गरेका हुन् ।

१३ वैशाख ०७७, पर्सा । कोरोनाको दोश्रो लहर फैलिएसँगै नेपाल पत्रकार महासंघ पर्सा शाखालाई वीरगञ्ज साईकलिङ्ग क्लबले माक्स तथा सेनिटाईजर सहयोग गरेको छ ।
नेपाल पत्रकार महासंघको सभाहलमा वीरगञ्ज साईकलिङ्ग क्लबका अध्यक्ष संजय कुमार अग्रवालले स्वास्थ्य सुरक्षाका लागी स्वास्थ्य समाग्री सहयोग गरेका हुन् । दोस्रो चरणको कोरोना महामारीमा संक्रमितको संख्या बढ्दै गएकाले स्वास्थ्य सचेतना तथा समाचार संकलनमा सहयोग पुग्ने उदेश्यले पर्सेली सञ्चारकर्मीहरुका लागी तीन हजार पिस माक्स तथा ५० पिस सेनिटाईजर सहयोग गरेका हुन् ।
महासंघ सभाहलमा साईकलिङ्ग क्लबका अध्यक्ष संजय कुमार अग्रवालर सचिव अनुप अग्रवालले नेपाल पत्रकार महासंघका अध्यक्ष अनुप तिवारी, उपाध्यक्ष युवराज खड्का र सचिव भुषण यादवलाई यो समाग्री हस्तनान्तरण गरेका हुन् ।
वीरगंज महानगरमा कोरोना संक्रमण बढ्दै गएको र आवश्यक उपचार तथा परिक्षणको अभाव भएको बेला यस सहयोगले सञ्चारकर्मीहरुको सामाचार तथा सुचना संकलनमा सहयोग पुग्ने महासंघका अध्यक्ष अनुप तिवारीले बताएका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ९ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।