५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


शेयर बजारमा सोमबार पनि गिरावट




१३ वैशाख ०७८, काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा सोमबार पनि गिरावट भएको छ । नेप्से ६५ दशमलव ५८ अङ्कले घटेर २५ सय ६ दशमलव  ६१ विन्दुमा झरेको हो ।

सोमवार बैंकिङ समूहको शेयर झण्डै ११ अङ्कले, विकास बैंकको ८८ अङ्कले, व्यापारको एक सय २७ अङ्कले, जलविद्युतको ९९, फाइनान्सको झण्डै २८ अङ्कले, माइक्रो फाइनान्सको एक सय १२ अङ्कले, उत्पादनको ९५, अन्यको ५४ र लगानी समूहको शेयर झण्डै तीन अङ्कले घटेको छ ।

सोमवार दुई सय २० कम्पनीका एक करोड २९ लाख कित्ता शेयर ६ अर्ब ५९ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै माथिल्लो तामाकोशी कम्पनीको ३१ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

रिलायन्स फाइनान्सको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि विशाल बजार कम्पनी र महिला लघुवित्त कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ५ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।