१९ पुस २०८२, शनिबार | Sat Jan 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ललितपुरमा मनाइयो मनमोहनकोे २२औँ स्मृति दिवस




१३४ वैशाख ०७८, ललितपुर । नेपाली कम्युनिष्ट आन्दोलनका शिखर पुरुष प्रधानमन्त्री मनमोहन अधिकारीको २२ औँ स्मृति दिवस आज सामबार ललितपुरमा मनाइएको छ । कोरोनाको जोखिमका कारण औपचारिक कार्यक्रम नराखिए पनि ललितपुरको सानेपास्थित मनमोहन प्रतिष्ठानमा रहेको अधिकारीको सालिकमा माल्यार्पण गरिएको थियो ।
नेकपा (एमाले)का तत्कालीन अध्यक्ष एवं प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री अधिकारीप्रति श्रद्धाञ्जलि दिएर स्मृति दिवस मनाइएको हो । पूर्वप्रधानमन्त्री अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो । प्रतिष्ठानका अध्यक्ष एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले अधिकारीको सालिकमा माल्यार्पण गरेका हुन् । एमालेका महासचिव पोखरेलले अधिकारीले स्थापित गरेको आदर्श, सिद्वान्त र मूल्य मान्यता कम्युनिष्ट पार्टीका हरेक सदस्यका लागि आज पनि उत्तिकै अनुकरणीय र सान्दर्भिक रहेको स्मरण गरे ।
नेता अधिकारीले नेपालको विभाजित कम्युनिष्ट आन्दोलनलाई एकताबद्व बनाउन महत्वपूर्ण अभिभावकीय भूमिका खेलेको स्मरण गर्दै पोखरेलले आगामी दिनमा नेकपा (एमाले)का सम्पूर्ण नेता–कार्यकर्तालाई एक ढिक्का भई पार्टी काममा सक्रिय रहन ऊर्जा प्रदान होस् भन्ने कामनासमेत गरे ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ७ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।