१९ पुस २०८२, शनिबार | Sat Jan 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आफ्नै श्रीमतीको हत्याको अभियोगमा पक्राउ



©lalitpurkhabar.comshayam phuyal

१५ वैशाख ०७८, दाङ, । आफ्नै श्रीमती २६ वर्षीया बिपना रेग्मी पोख्रेलको हत्या गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका ७ श्रीगै बस्ने २६ वर्षीय पदम पोख्रेललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

आपसी झगडामा पदमले आफ्नै श्रीमतीलाई ढुङ्गाले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएको र उपचारको लागि प्रादेशिक अस्पताल तुलसीपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  १ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।