१२ माघ २०८२, आइतबार | Sun Jan 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


खुशीको खबर : भारतमा कोरोना संक्रमितको संख्यामा झन् कमी




२ जेठ ०७८, नयाँ दिल्ली, (रासस–सिन्ह्वा) – भारतमा दिनदिनै कोरोना संक्रमितको संख्या कमी आएको छ । गतशुक्रबार केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार ३ लाख ४३ हजारमा नयाँ कोरोना संक्रमित भेटिएकोमा शनिबार ३ लाख २६ हजार संक्रमित फेला परे ।
केही समयअघि ४ लाखबाट उकालो लागेको कोरोना संक्रमितहरको ग्राफ आइतबारसम्म ३ लाखको हाराहारीमा आइपुगेको हो ।
कोरोना भाइरसको इपिसेन्टर मानिएको भारतमा कमी आएसँगै नेपालमा पनि घट्दै जाने अपेक्ष ागर्न सकिन्छ ,
आइतबार भने गएको २४ घण्टामा तीन लाख ११ हजार नयाँ संक्रमित भेटिएका छन् भने तीन लाख ६२ हजार संक्रमणमुक्त भएको तथ्याङ्क सार्वजनिक गरिएको छ।
शनिबार दैनिक मृत्यु दरमा भने सामान्य कमी आएर तीन हजार ८९० जनाको ज्यान गएको थियो ।
भारतमा हालसम्म कोरोनाबाट मृत्यु भएकाको संख्या दुई लाख ७० हजार पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कोरोना संक्रमितको कूल संख्या दुई करोड ४६ लाख ८४ हजार पुगेको छ जसमध्ये दुई करोड सात लाख ९५ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।
भारतमा गत जनवरीमा कोरोना विरुद्धको खोप लगाउन शुरु गरेको थियो । हालसम्म १८ करोड २२ लाख व्यक्तिलाई खोप दिइएको मन्त्रालयले जनाएको छ । गत मे १ देखि भारत सरकारले १८ वर्षभन्दा माथिको उमेरका सबै व्यक्तिलाई खोप दिने योजना अघि सारे पनि पर्याप्त खोप उपलब्ध नहुँदा सहज रुपमा खोप अभियान अघि बढ्न सकेको छैन
भारतमा संक्रमित व्यक्तिको संख्या दैनिक तीन लाखभन्दा बढी नै देखिए पनि भारत सरकारले देशव्यापी लकडाउन गर्न अस्वीकार गरेको छ । तर संक्रमित अत्यधिक देखिएका दिल्ली, मुम्बई समेतका शहरमा राज्य सरकारले लकडाउन, प्रतिबन्ध, कफ्र्यु लगाएका छन् ।
हाल, कोभिडको ठूलै सङ्कट सामना गरिरहेको भारतमा हाल अक्सिजनको आपूर्ति समेतका अत्यावश्यक औषधि र अन्य स्वास्थ्य सेवाको चरम अभाव भएको छ ।
विश्व स्वास्थ्य संगठनले विश्वभर कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ लाख ८३ हजार पुगेको जनाएको छ । हालसम्म सर्वाधिक प्रभावित संयुक्तराज्य अमेरिकामा पाँच लाख ९९ हजार तथा दोस्रो स्थानमा रहेको ब्राजिलमा चार लाख ३४ हजारको मृत्यु भएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  १ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।