
९ जेठ ०७८,नुवाकोट । कोरोना रोकथामका लागि अक्सिजनको माग बढिरहेका बेला ‘हाम्रो अक्सिजन उद्योग’ले नुवाकोटको त्रिशूली अस्पतालका लागि एक हजार २०० सिलिण्डर अक्सिजन सहयोग गरेको छ ।
राष्ट्रिय उद्योग व्यवसायी महासङ्घ, नुवाकोटका अध्यक्ष गोपीप्रसाद कडेँल र व्यवसायी दिनेश ढकालले बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डे, नेकपा (एमाले) नुवाकोटका सचिव काशीराज अधिकारीसहितसँगको छलफलपछि सिलिण्डर हस्तान्तरण शुरु गरेका हुन् । मन्त्री पाण्डेले र महामारीका समयमा सहयोग गरेकामा धन्यवाद दिँदै उद्योगी व्यवसायीका लागि काम गर्न सहज वातावरण तयार गरिने बताए । नुवाकोटको ककनीस्थित यस उद्योगले नेपालकै सम्भवतः बढी दैनिक ७०० देखि ७५० सिलिण्डरसम्म अक्सिजन उत्पादन गर्दै आएको छ ।
महत्वपूर्ण व्यवसायिक व्यक्तित्व (सिआइपी)को सम्मानप्राप्त कँडेल यस उद्योगको संस्थापक अध्यक्ष हुन् । उनले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै अक्सिजन अभावका कारण कुनै पनि जिल्लाबासीको ज्यान नजाओस् भन्ने सोचेर सहयोगका लागि प्रोत्साहन गरिएको हो । सहयोगबारे शनिबार नै अस्पतालका अध्यक्ष अर्जुन न्यौपाने र मेडिकल सुपरिटेण्डेन्ट डा दीपेन्द्र पाण्डेलाइ जानकारी गराइएको थियो । यस सिलिण्डर दैनिक १०÷१० का दरले पठाइनेछ ।







प्रतिक्रिया