
९ जेठ ०७८, काठमाडौं । दक्षिण–पूर्वी एसियाली मुलुकहरुलाई ३४० मेट्रिक टनभन्दा धेरै स्वास्थ्य सामग्री प्रदान गरेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ । अबको केही सातामा नेपाल, भुटान, माल्दिभ्स र श्रीलंकालगायतका मुलुकमा आवश्यक स्वास्थ्य सामग्री पठाइने डब्ल्यूएचओले बताएको छ ।
पछिल्लो साता कोरोनाबाट समस्यामा परेको भारतमा पठाइएको स्वास्थ्य सामग्रीहरु मुलुकका विभिन्न २६ राज्यमा पुगेका छन् । गत साता चार हजार अक्सिजन कन्सन्ट्रेटर, १२० टेन्ट, चारसय मेडिकल बेड, १२ लाख रेस्पिरेटर मास्क र ६ लाख ५० हजार स्याम्पिलिङ किट्स भारत पठाइएको थियो ।
अहिले डब्ल्यूएचओले बंगलादेशमा ६० मेट्रिक टनको स्वास्थ्य सामग्रीहरु पठाएको छ ।







प्रतिक्रिया