१२ माघ २०८२, आइतबार | Sun Jan 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


प्रधानमन्त्री ओलीले गरे कान्तिपुर दैनिकको कार्टुनको आलोचना



कान्तिपुर दैनिकमा प्रकाशित अविन श्रेष्ठले बनाएको कार्टुन । साधार : इकान्तिपुर डट कम

९ जेठ ०७८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय दैनिका कान्तिपुरमा छापिएको कार्टुनिष्ट अविनले बनाएर प्रकाशित कार्टुनको आलोचना गरेका छन् ।
प्रधानमन्त्री ओलीले राजसंस्थालाई प्रेत संस्थाको प्रतिक भन्दै यो कार्टुन प्रकाशित हुनु लोकतन्त्रले दिएको स्वतन्त्रताको हकको दुरुपयोग भएको बताएका छन् ।
प्रधानमन्त्रीले यो कार्टुन प्रकाशित हुनुलाई घृणित कृयाकलाप भएको धारणा राखेका हुन् । गणतन्त्रको प्रतिकको रुपमा रहेको जननिर्वाचित राष्ट्रपतिलाई खल्तीमा राखेको भन्दै प्रधानमन्त्रीले आपत्ती व्यक्त गरेका हुन् ।

राष्ट्रिय राजनीतिलाई गलत दिशातिर मोड्ने कोसिस कसैले पनि नगरौ भन्दै प्रधानमन्त्री ओलीले यस कार्टुनको आलोचना गरेका हुन् ।
यो कार्टुन आज आइतबार कान्तिपुरको पहिलो पेजमा छापिएको थियो । यस कार्टुनलाई लिएर सामाजिक सञ्जालमा धेरैले शेयर गर्दै समर्थन र विरोध गरेका छन् ।

राष्ट्रपति

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ११ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।