
११ जेठ ०७८, ललितपुर । नेपाल बाल संगठन अन्तर्गत उपत्यकाको नक्साल र सिफल बालमन्दिरमा संरक्षणमा रहेका ४९ जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा एकैपटक धेरै संख्यामा बालबालिकालाई कोभिड-१९ पुष्टि भएको यो पहिलो पटक हो ।
दुवै ठाउँका कुल संक्रमित ५९ मध्ये १० जना सुसारे छन् ।
संक्रमित बालबालिकाहरू ८ महिनादेखि १८ वर्षसम्म उमेर समूहका छन् । केही अपाङ्गता भएकाहरू पनि छन् । उनीहरूमा खोकी, ज्वरोलगायतका सामान्य लक्षण रहेको छ ।एकैपटक धेरै बालबालिकाहरू संक्रमित भएपछि आइसोलेसनमा राख्न ठाउँ अभाव भएको छ ।







प्रतिक्रिया