
१३ जेठ ०७८, बर्दिया । बर्र्दिया बधुवन १ का ७४ बर्षिय एक बृद्ध बाघसँग लडाई गरेर बच्न सफल भएका छन् ।
यसै ठाँउ बस्ने ७४ बर्षिय लाल बहादुर थारुलाई बाघले आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बुधबार साँझपख औराही सामुदायिक वनमा बाख्रा चराई रहेको अवस्थामा पाटे बाघले आक्रमण गरेको थियो ।
आक्रमणपछि बाघले उनको दाहिने खुट्टाको मासु चिथोरेको थियो । घाइते अवस्थामै लडेका बृद्ध थारुले खुर्पाले बाघलाई हानेपछि बाघ भागेको थियो ।







प्रतिक्रिया