१० असार २०८३, बुधबार | Wed Jun 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


चितवनमा घाँस काट्न गएका एक पुरुषको गैंडाको आक्रमणपछि मृत्यु




१५ जेठ ०७८, चितवन । शनिबार चितवनमा गैडाको आक्रमणपछि घाइते भएका एक पुरुषको मृत्यु भएको छ । चितवन प्रहरीका अनुसार चितवनस्थित कालिका नगरपालिका १ चतुर्मुखी बस्ने ५६ वर्षीया तेज कुमारी सुनुवारको गैंडाको आक्रमणबाट शनिबार दिउँसो मृत्यु भएको छ । यसै ठाउँको सामुदायिक वनमा घाँस काट्न गएको अवस्थामा गैंडाले आक्रमण गर्दा उनको मृत्यु भएको हो ।
घटना पछि प्रहरीले उनको शव नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ६ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।