
फाइल तस्बिर
-वीरेन्द्र पाण्डे-
१८ जेठ ०७८, यूएई ।
लमजुङ राइनास गरमवेसी नगरपालिका घर भइ हाल देश विदेशमा रहेका युवाहरु यतिबेला गाउँमा रहेको सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट खरिद गरि जडान गर्ने अभियानमा लागि परेका छन् । जिल्लामा राइनास नगरपालिकामा पनि दिनप्रतिदिन कोरोनाको संक्रमणको दर बढ्दै गएको छ । कोरोना संक्रमितको उपचारका लागि केहि सहज होस् भन्ने उदेश्यले प्रवासमा रहेका युवाहरुले अभियान नै सञ्चालन गरेका हुन् ।
राइनास गरमवेसी प्रवासी युवा समुहको सक्रियतामा सञ्चालन गरिएको अक्सिजन प्लान्ट जडान अभियानमा राईनास नगरपालिकाले साथ दिएको छ । नगरपालिको अक्सिजन प्लान्ट खरिदका लागि पचास लाख रुपैयाँ विनियोजन ग।
लमजुङको राइनास नगरपालिका भित्र कोरोना संक्रमितको उपचारमा सहज बनाउने उदेश्यले प्रवासमा रहेका युवाहरुले अक्सिजन प्लान्ट जडान अभियान सञ्चालन गरिरहेका छन् । राइनास नगरपालिका वडा नं ७ मा रहेको सहोदर सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट राख्ने अभियान शुरु भएपछि पालिकाले करिब पचास प्रतिशत रकम सहयोग गर्ने निर्णय अगाडि सारेको हो । नगरकार्यपालिको बैठकबाट उक्त र्निणय भएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र अधिकारीले जानकारी दिए । पालिकाका संक्रमितहरुलाई उपचारमा सहज बनाउनको लागि पालिकाले उक्त अस्पताललाई यसअघि पनि दश लाख आर्थिक सहयोग गरेको थियो ।
पालिकाले कोरोना नियन्त्रणका लागि खटिएको कर्मचारीहरुलाई, स्वास्थ्यकर्मी तथा सहयोगिहरुलाई प्रोत्साहन भत्ता दिने पनि र्निणय गरको छ । नजिकिँदै गरेको नगरसभालाई पनि व्यवस्थित बनाउने र वर्तमान अवस्थालाई मध्येनजर गरी सर्तकता अपनाएर सम्पन्न गर्ने विषयमा एकमत भएको बताइएको छ ।
गरमवेशी प्रवासी युवा समुहको सक्रियतामा सुचारु गरिएको अक्सिजन प्लान निर्माण अभियानमा राइनास नगर पालिका प्रवाशीहरुको निकट प्रयासमा ६० प्रतिशत रकम भनिएकोमा ५० प्रतिशत रकम विनियोजन गरिएको हो । अक्सिजन प्लान निर्माणको लागि अनुमानित रकम एक करोड लाग्ने सम्बन्धित निकायले बताएपछि राइनास नगरपालिकालाई प्रवासी युवा समुहले आग्रह गरेका थिए । अब ५० प्रतिशत रकम जुटाउन प्रवासी समुहलाई चुनौति बनेको छ ।
आर्थिकको जतिसुकै समस्या भएपनि सबै प्रवासी र सहयोगी मनहरुलाइ अनुरोध गर्दै यस अभियान सफल बनाएरै छाडने यस अभियानका सक्रिय युवा, प्रमुख पुर्णबहादुर पोखरिया, दिनेश चिलुवाल, महेन्द्र चौलागाईं, तुलसी श्रेष्ठ, देव भुजेल, वीरेन्द्र पाण्डे लगायतले प्रवासमै रहेर पनि सामाजिक संजालमार्फत यस अभियानलाई वृहत रुपमा अगाडि बढाइ सफल बनाउने प्रण गरेका छन् ।
अक्सिजन निर्माण अभियान ठुलो योजना भएपनि छिट्टैनै यस अभियानको कार्ययोजना अगाडि बढने अभियान्ताका संस्थापक निर्देशक एवं अक्सिजन प्लान्ट अभियानका संयोजक पूर्ण पोखरियाले बताए। उनले स्वदेश तथा प्रवासमा रहने सम्पूर्णसँग सहयोगको अपिल पनि गरेका छन् । यस्तै अस्पतालका सञ्चालक डा.शिव श्रीमलले राइनासबासी र प्रवासीहरूको सोचलाई धन्यवाद दिँदै सबै पक्ष एक भएर अघि बढेको खण्डमा यो कार्य असम्भव नरहेको बताए ।
राइनास प्रवासीका निर्देशक एवं अक्सिजन प्लान्ट निर्माण अभियानका सल्लाहकार दिनेश चिलुवालले कोभिड– १९ को महामारीबाट जोगिन सबै पक्षसँग हातेमालो गरेर अघि बढ्न प्रवासी संस्था तयार रहेको बताए । यस्तै राइनास प्रवासी विकास संस्थाका निर्देशक एवं अभियानका संयोजक पोखरियाको अध्यक्षतामा भएको अन्तरक्रिया र छलफलबाट अक्सिजन प्लान्ट निर्माण ५ सदस्यीय उप–समिति समेत गठन गरिएको छ । सो समितिमा स्वदेशमै कार्यरत स्थानीयवासी गणेश चिलुवाल, मधाव पराजुली, डा. शिव श्रीमल, गोपिराज चौलगाई र स्वस्तिका पन्थी रहेका छन् ।
यस अभियान सफल भएसँगै राइनास नगरपालिकासँगै गोरखा, तनहुँ, लमजुङ विविध भेगका बिरामिहरुले स्वास्थ लाभ लिनेछन् ।







प्रतिक्रिया