
१९ जेठ ०७८, मुगु । कोरोना भाइरस सङ्क्रमणबाट पहिलोपटक मुगुमा एक जना बृद्ध पुरुषको मृत्यु भएको छ ।
जिल्लाको छायाँनाथ रारा नगरपालिका १० का ७० वर्षीय पुरुषको मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी परशुराम नेपालीका अनुसार अस्पताल ल्याउने क्रममाः आज बुधबार बाटोमा नै निधन भएको हो । उनको मृत्युपछि गरिएको एन्टिजिन परीक्षणमा पोजेटिभ रिपोर्ट आएको हो ।
मृत बृद्धाको गए हप्तादेखि विरामी थिए । उनको जडिबुटी उपचार गरिएको सूचना अधिकारी नेपालीको भनाई छ ।







प्रतिक्रिया