१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नुवाकोटको तुप्चेबाट बन्दुकसहित युवक पक्राउ



१९ जेठ ०७८, नुवाकोट । बिदुर नगरपालिका ७ तुप्चे बस्ने २७ वर्षीय बिरमान तामाङलाई १ थान एकनाले भरुवा बन्दुक सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार उनको घरमा भरुवा बन्दुक लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरीले लोड गरेको अवस्थामा यो बन्दुक सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ६ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।