५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको भाउ ७ सयले बढ्यो



२३ जेठ ०७८,काठमाडौं । साताको पहिलो दिन आज आईतबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ७ सय रुपैयाँले बढेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि ७ सयले बढेर ९२ हजार ६ सय रुपैयाँ प्रतितोला रहेको छ ।

आज चाँदीको भाउ पनि १५ रुपैयाँले बढेर १३ सय ५५  रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ६ सय ७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८० हजार २ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ६१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ११ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।