
२६ जेठ ०७८, मोरङ । विराटनगर महानगरपालिका ८ विश्वकर्मा चौक बस्ने २२ वर्षीय अनिल कुमार यादवलाई चोरीको सरसामानसहित बुधबार बिहान प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार विराटनगर महानगरपालिका ८ अमर टोल बस्ने ५५ वर्षीय राजकुमार श्रेष्ठको घरबाट गएराति नगद ५० हजार रुपैयाँ र अढाई तोला बराबरको चाँदीको सिक्री चोरी भएको घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले यो सरसामान अनिल कुमारको घरमा फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनी उपर चोरी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।







प्रतिक्रिया