११ माघ २०८२, शनिबार | Sun Jan 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ललितपुरमा १२ दिन बिराएर पानी आउने



फाइल तस्बिर

३१ जेठ ०७८, ललितपुर । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले खानेपानी वितरणको तालिका फेरबदल गरेको छ । मेलम्ची खानेपानी आयोजनाको मर्मत संहारका कारण नियमित आउँदै गरेको दैनिक १७ करोड लिटर पानी उपलब्ध नहुने भएकोले पानी आउने सूचीमा फेरबदल गरेको लिमिटेडले जनाएको छ ।

मेलम्ची आयोजनाका अनुसार मर्मत संहारको लागि २ महिना लाग्ने अनुमान गरिएको छ । बदलिएको खानेपानीको तालिका मेलम्चीको मर्मत नसकिएसम्मको लागि लागू हुने लिमिटेडले जनाएको छ ।

नयाँ तालिका अनुसार थोरैमा ४ दिनमा एकपटक र बढीमा १२ दिन बिराएर पानी वितरण गरिने छ । केयूकेएलले सोमबार जारी गरेको विज्ञप्ति अनुसार महांकाल, मीनभवन, ठिमी स्टेसनबाट वितरण हुने पानी ७ दिन बिराएर वितरण हुनेछ ।

बालाजु स्टेसनबाट वितरण हुने पानी ९ दिन बिराएर आउनेछ भने सैबु ललितपुरबाट वितरण हुने पानी १२ दिन बिराएर आउने भएको छ । सबैभन्दा कम भक्तपुर स्टेसन भएर वितरण हुने पानी भने ४ दिन बिराएर दिइने केयुकेएलले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  १ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।