
३ असार ०७८, ललितपुर । काठमाडौं उपत्यकामा थप ५ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५ सय ७० जनामा संक्रमण पुष्टि भएको हो।
त्यसमध्ये काठमाडौंका ४१३ जना, ललितपुरका १२१ जना र भक्तपुरका ३६ जना छन्।
अहिले काठमाडौंका मात्रै ७ हजार १३५, ललितपुरका ३ हजार ७१ र भक्तपुरका २ हजार ३०८ जना छन्।







प्रतिक्रिया