१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मेलाम्ची बाढीका २३ बेपत्ता, अझै भेटिएनन




६ असार ०७८, सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाले यही असार १ गते साँझ मेलम्ची खोलामा आएको आकष्मिक र अकल्पनीय बाढीले हालसम्म २३ स्थानीयबासी बेपत्ता भएका जनाएको छ ।
गाउँपालिकाको वडा १ सेमेसिदाङ हिमाल मुनी रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र यसपछि आएको बाढी परी ती स्थानीयबासी बेपत्ता भएका गाउँपालिकाद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।
बेपत्ता हुनेमा चार महिला र १९ पुरुष रहेका छन् । ती मध्ये मेलम्ची खानेपानी आयोजनामा कार्यरत तीन भारतीय र तीन चिनियाँ नागरिक समेत छन् । गाउँपालिकाले शनिबार मानवीय र भौतिक क्षतिको हालसम्मको विवरण पनि सार्वजनिक गरेको छ । बाढीमा परी बेपत्ता हुनेको सङ्ख्या अझ बढ्ने जनाइएको छ । गाउँपालिकाले आज नै एक सूचना जारी गरी अझै पहिरो र बाढीको जोखिम रहेको जनाउँदै उच्च साबधानि तथा सतर्कता अपनाउन स्थानीयबासीलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ६ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।