
६ असार ०७८,काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले पशुपति क्षेत्रभित्रका सम्पदा पुनःनिर्माण प्रक्रिया पारदर्शी बनाउन निर्देशन दिएका छन् । आइतबार पशुपति क्षेत्रभित्र निर्माण गर्न लागिएको राममन्दिरको शिलान्यास गर्दै उहाँले पशुपति क्षेत्र भित्रका पुनः निर्माणका कामहरूलाई पारदर्शी रुपले गर्नका लागि निर्देशन दिएका हुन् । उनले आफु पनि नखाने र अरुलाई पनि खान नदिने आफ्नो एकमात्रै उद्देश्य रहेको बताउँदै कुनैपनि समय आफु आएर हेर्नसक्ने बताए । उनले भ्रष्टाचार हुन नदिनका निम्ति सजग पनि गराए ।
मन्दिर पुननिर्माण गर्दा पशुपति क्षेत्रका साधु, सन्तलाई विस्थापित गराउन लागिएको भन्दै साधु, सन्तले विरोध जनाइरहेको सन्दर्भमा मन्त्री अरगरियाले पशुपति क्षेत्रबाट साधु, सन्तलाई विस्थापित नगराइने बताए । निर्माणको काम सकिइसकेपछि उनीहरुलाई पुर्नस्थापना गरिने उनले बताए ।







प्रतिक्रिया