
९ असार ०७८, कास्की । पोखरा महानगरपालिका २५ हेम्जास्थित सेती नदी सहस्त्र घाटमा अवैध ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरेको अभियोगमा पोखरा महानगरपालिका १ सिम्पानी बस्ने ३९ वर्षीय सानुभाई मगर लगायत ६ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
यो नदीमा उत्खनन गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट हेम्जाबाट खटिएको प्रहरीले उनीहरूलाई ढुङ्गा, गिट्टी र बालुवा भरिएको ६ वटा टिपर सहित पक्राउ गरेको प्रहरीको भनाई छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।







प्रतिक्रिया