९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कोरोना खोप ‘भेरोसेल’को दोस्रो मात्रा असार २२ देखि




१२ असार ०७८, काठमाडौं ।। सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो मात्रा यही असार २२ गतेदेखि ज्येष्ठ नागरिकलाई लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘भेरोसेल’ खोप पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाइने जनाएको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दीपेन्द्ररमण सिंहले आज सूचना जारी गर्दै ‘भेरोसेल’ को पहिलो मात्रा लगाएका तीन लाख ७० हजार ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा खोप लगाइने जानकारी दिनुभयो । गत जेठ २५ गतेदेखि २९ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहलाई खोपको पहिलो मात्रा लगाइएको थियो । यसअघि पहिलो मात्रा लगाएका लाई समेत दोस्रो मात्राको खोप दिइने छ ।
खोप लगाउनका लागि पहिलो मात्रा लगाइएको कार्ड अनिवार्य देखाउनुपर्ने छ । नेपालमा अहिलेसम्म सात लाख ३१ हजार ६५३ जनाले दोस्रो र २५ लाख १९६ जनाले पहिलो मात्राको खोप लगाइसकेका छन् ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ६ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।