१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पत्रकारलाई धम्की दिनेलाई कारवाहीको माग




१७ साउन ०७८, पोखरा । समाचार लेखेको आधारमा गण्डक न्यूज डटकमका सम्पादक रञ्जन अधिकारीलाई धम्की दिएकोप्रति पत्रकारिता क्षेत्रसँग सम्बद्ध विभिन्न सङ्घसंस्थाले आपत्ति जनाएका छन् । पोखराका क्रियाशील पत्रकार अधिकारीले गण्डक न्यूज डटकमका लागि यही साउन ६ गते पोखरा ११ काहुँको कालिका माविमा व्यापार, सरकारी अनुदान लिने, निःशुल्क किताब फर्जी बिल भिडाउँदै बेच्ने (भिडियो) शीर्षकमा समाचार लेखेका थिए ।
यस विषयलाई लिएर यो विद्यायलका प्रधानाध्यापक निर्मला मानन्धरका श्रीमान् बताउने कृष्ण श्रेष्ठले लगातार फोन, म्यासेन्जर, एसएमएसमार्पmत धाकधम्की दिएको विज्ञप्तिमा उल्लेख छ । प्रकाशित समाचारमा चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सिलमार्फत कानूनी उपचार खोज्ने विकल्प हुँदाहुँदै धाकधम्कीमा उत्रिनु असह्य हर्कत भएको उल्लेख गर्दै सङ्घसंस्थाबाट प्रकाशित विज्ञप्तिमा प्रेस स्वतन्त्रतामाथि आघात पु¥याउने यस घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई तत्काल कानूनी कारवाही गर्न जोडदार माग गरिएको छ ।
यस घटनाका दोषीलाई कानूनी दायरामा ल्याएर कारवाही गर्न माग गर्दै नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश, नेपाल पत्रकार महासङ्घ कास्की शाखा, अनलाइन पत्रकार सङ्घ गण्डकी, प्रेस चौतारी नेपाल, प्रेस युनियन, प्रेस सङ्गठन, फोनिज कास्कीलगायतका सञ्चारसँग आबद्ध सङ्घसंस्थाले विज्ञप्तिमार्पmत माग गरेका हुन् ।

पत्रकार महासङ्घ कास्की शाखाले घटनाका दोषीलाई कानूनी कारवाहीमा ल्याउन पहल नगरेको भन्दै प्रेस चौतारी नेपाल कास्की शाखाले महासङ्घको कार्यालयमा तालाबन्दी गरेको छ । पत्रकारको पेशागत छाता सङ्गठनले दोषीमाथि तत्काल कारवाही गरी पीडितलाई न्याय दिन माग राखी महासङ्घको कार्यालयमा ताला लगाएको प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले जानकारी दिए ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ११ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।