
१८ साउन ०७८, सुनसरी । बराहक्षेत्र नगरपालिक ३ हर्दिया बस्ने ४३ वर्षीया महिलालाई एसिड प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय रोमन राजधामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
प््रहरीका अनुसार चुरोटको विषयमा विवाद हुँदा साउन १२ गते राति रोमनले आफ्नै श्रीमतीलाई एसिड आक्रमण गर्न खोज्दा सोही ठाउँ बस्ने ती महिलाको घरमा शरण लिन गएको अवस्थामा रोमनले ढोका खोल भन्दै ढोकामा लात्तीले प्रहार गरेपछि ती महिलाले सम्झाई बुझाई गर्ने खोज्दा रोमनले उनकै टाउको तथा अनुहारको भागहरुमा एसिड प्रहार गरेका थिए । एसिड प्रहारबाट गम्भीर घाइते भएकी ती महिलालाई विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान हुँदै थप उपचारको लागि म्याक्स अस्पताल विराटनगरमा पठाइएको छ ।
एसिड प्रहारपछि भागेका रोमनलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंको सहयोगमा काठमाडौं गौशालाबाट पक्राउ गरेको हो ।
उनी उपर एसिड आक्रमण (कुटपिट वा अंगभंग सम्वन्धि कसूर) मुद्दामा सुनसरी जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।







प्रतिक्रिया