१० माघ २०८२, शुक्रबार | Sat Jan 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गोगंबुबाट पेस्तोलसहित ३ जना पक्राउ



२१ साउन ०७८, काठमाडौं । काठमाडौं गोगंबुबाट पेस्तोलसहित ३ जना पक्राउ परेका छन्। बुधबार साँझ महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धादिङ घर भएका वर्ष २४ को विकेश मगर भन्ने विपिन मगर, वर्ष २५ को मन्दिप थापा र वर्ष १९ को सुजन मगर रहेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेशकुमार बस्नेतका अनुसार गोगंबुस्थित बीजी महल अगाडी चेकप्वाइन्ट राखेर चेकजाँच गर्ने क्रममा सवार स्कुटर रोक्न खोज्दा उनीहरु स्कुटर नै छोडेर भागेका थिए। भागेकाहरुलाई पछ्याउँदै जाँदा बीजी महल पछाडी विरेन्द्र ऐश्वर्यमार्गस्थित आरके रेष्टुरेन्टमा लुक्ने क्रममा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

उनीहरुको साथमा रहेको झोला चेकजाँच गर्ने क्रममा विपिनले बोकेको झोलामा पेस्तोल थान १ र म्यागजिन थान १ तथा गोली राउण्ड ५ फेला परेको थियो। यस्तै, २ थान खुकुरी र थोरै मात्रामा गाँजा फेला परेको पनि प्रवक्ता बस्नेतले जानकारी दिए।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  १० : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।