१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


प्रहरीले एकैदिन बाढ्यो ५ हजार ७ सय जनालाई मास्क



लेन्स : नेपाल प्रहरी

२१ साउन ०७८,काठमाडौं । कोरोना संक्रमण बढ्दलै गएपछि प्रहरीले मास्त वितरण अभियानलाई तिव्रता दिएको पाइएको छ । पहरीका अनुसार कोरोना संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ५ हजार ७ सय जनालाई निःशुल्क मास्क वितरण गरेको हो ।
कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि अहिलेसम्म जम्मा ५ लाख ४ हजार ८ सय ७ जनालाई निःशुल्क मास्क वितरण गरिएको प्रहरीको भनाई छ ।
नयाँ भेरियन्ट सहितको कोरोनाको संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको खनिषेधाज्ञा उल्लंघन गर्ने ६२ जनालाई कोरोना सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ६ हजार २ सय रुपैयाँ जरिवाना गरिएको छ । यस क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने २ हजार २ सय ६९ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको १ सय ३ वटा सचेतनामूलक कार्यक्रम
अन्तर्गत ११ हजार १ सय २४ जनालाई सचेत गराइएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  ८ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।