१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


फोनिजद्धारा ८ वरिष्ठ पत्रकार पुरस्कृत र दुई संचार संस्था सम्मानित हुँदै




२३ साउन ०७८काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले वर्ष–२०७७ र वर्ष–२०७८ को ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ (फोनिज अवार्ड)बाट पुरस्कृतको नाम सार्वजनिक गरेको छ ।
गत वर्ष कोरोना महामारीका कारण स्थागित भएको पुरस्कार र यस वर्षको गरी एकैपटक ८ जना पुस्कृत व्यक्तिको नाम फोनिजले सार्वजनिक गरेको हो । फोनिजका महासचिव मनोज घर्तीमगरद्धारा जारी विज्ञप्तीअनुसार फोनिज अवार्ड–२०७७ बाट पत्रकार आङदावा शेर्पा, मौसम रोका मगर, कुमार यात्रु र राजकुमार दिक्पाल पुरस्कृत हुनेछन् । फोनिज अवार्ड–२०७८ बाट तिलक पुन, रचना श्रेष्ठ, इन्द्रजीत मुखिया र भवानी बराल पुस्कृत हुनेछन् ।
फोनिजले यस वर्षबाट ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान’ समेत प्रारम्भ गरेको छ । ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०७८’बाट थारु भाषामा प्रकाशित हुँदै आएको ‘पहुरा दैनिक’ र लिम्बू भाषामा प्रकाशित हुँदै आएको ‘तान्छोपा मासिक’लाई संयुक्त रुपमा सम्मानित गर्ने निर्णय भएको विज्ञप्तीमा उल्लेख छ ।
पत्रकारिता पुरस्कार र मातृभाषा सम्मानको राशी २० हजार रुपैयाँ रहेको छ । फोनिजले आफ्नो २२औँ स्थापना दिवस तथा विश्व आदिवासी दिवसको अवसरमा साउन २७ गते ८ जना वरिष्ठ पत्रकारलाई पुरस्कार र दुई मातृभाषी संचार संस्थालाई सम्मान प्रदान गर्ने बताइएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ९ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।