
२७ साउन ०७८,काठमाडौं । कोरोना संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ३१ हजार २ सय २९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । प्रहरीका अनुसार कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि अहिलेसम्म जम्मा ५ लाख ९१ हजार ७ सय ४० जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।
नयाँ भेरियन्ट सहितको कोरोनाको संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जनाहुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेकोजानकारी दिएको छ ।
प्रहरीका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने २ सय ४९ जनालाई २४ हजार ९ सय रुपैयाँ जरिवाना गरिएको छ । यो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने १० हजार ८ सय २२ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको २ सय ५० वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ३८ हजार ९ सय ७३ जनालाई सचेत गराइएको प्रहरीको भनाई छ ।







प्रतिक्रिया