१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सुवोध स्मृति फोटो पत्रकारिता पुरस्कार भण्डारीलाई




२ भदौं ०७८,विरगञ्ज । यस वर्षको सुवोध स्मृति फोटो पत्रकारिता पुरस्कार पत्रकार दिवाकर भण्डारीलाई प्रदान गरिएको छ । यस पुरस्कारको राशि रु ३५ हजार रहेको छ ।
प्रतीक दैनिकको ३५ औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा वीरगञ्ज उपमहानगरपालिकाका प्रमुख विजय सरावगीले उनलाई दोसल्ला ओढाएर प्रमाणपत्रद्वारा सम्मान गरेका छन् ।
स्तम्भकार शीतलप्रसाद महतो र प्रतीक दैनिकका सम्पादक प्रताप श्रेष्ठलाई नगदसहित प्रशंसापत्रद्वारा सम्मान गरियो । महतोलाई रु १० हजार र श्रेष्ठलाई रु १५ हजार नगद प्रदान गरिएको छ । त्यस्तै मेशिन अपरेटर महेश रामलाई पुरस्कृत गरिएको थियो ।
महानगरपालिकाका प्रमुख सरावगीले पत्रकारले न्यायाधीशको भूमिका निर्वाह गर्न नहुने बताउँदै पत्रकारले सत्य, तथ्य र यर्थाथपरक समाचार सम्प्रेसन गर्नुपर्ने आवश्यकतामाथि जोड दिए । उनले यस दैनिकको आगामी यात्रा अझ बढी व्यवस्थित, मर्यादित र प्रभावकारी होस् भन्दै यो दैनिक आवाजविहीनहरुको आवाज बन्न सकोस् भनी कामना गरे ।
प्रतीक दैनिकका प्रधानसम्पादक जगदिशप्रसाद शर्माले रु १० हजार राशिबाट शुरु गरिएको सुवोध स्मृति पत्रकारिता पुरस्कार आगामी वर्ष रु ५१ हजार राशिको हुने घोषणा गरे ।
प्रतीक प्रकाशन समूह प्रालिका अध्यक्ष बिन्दुदेवी शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा महानगरपालिकाका उपप्रमुख शान्ति कार्की, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष हरि गौतम, नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारी, नेपाल फोटो पत्रकार महासङ्घ, पर्साका अध्यक्ष विजय चौहान, सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, भोजपुरी साहित्य प्रतिष्ठान पर्साका अध्यक्ष उमाशङ्कर द्विवेदीले यस क्षेत्रमा प्रतीक दैनिकले पु¥याएको योगदानका विविध पक्षमाथि प्रकाश पारे ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ५ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।