१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


‘अध्यादेश लोकतन्त्रको मर्म विरोधी क्रियाकलाप’



३ भदौं ०७८, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्नु लोकतन्त्रको मर्म विरोधी क्रियाकलाप भएको जनाएको छ ।

समाजले प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा अधिवेशन अकस्मात अन्त्य गरेलगत्तै सरकारले राजनीतिक दलहरुको विभाजनलाई बढावा दिने गरी अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको जनाउँदै आपत्ति जनाएको छ ।

वैशाखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक दल विभाजनका लागि अध्यादेश ल्याई गल्ती गर्दासमेत समाजले त्यस्तो अध्यादेशलाई लोकतन्त्रको मर्म विरोधी क्रियाकलापको संज्ञा दिँदै विरोध जनाएको थियो । अहिलेको सरकारले पनि सोही गल्ती दोहो¥याएकामा समाजले आपत्ति जनाएको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  ७ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।