१० माघ २०८२, शुक्रबार | Fri Jan 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


श्रीमतीमाथि एसिड प्रहार गर्ने साहलाई साढे १० वर्ष कैद




१० भदौ ०७८,जनकपुरधाम । श्रीमतीमाथि एसिड प्रहार गर्ने धनुषाका सञ्जीव साहलाई जिल्ला अदालतले १० वर्ष ६ महिनाको जेल सजाय सुनाएको छ ।
विहीवार न्यायधीश कृष्णमुरारी शिवाकोटीको एक इजलासले साहलाई १० वर्ष ६ महिना कैदसहित ६ लाख ५० हजार जरिवाना र त्यतिकै रकम क्षतिपूर्ति दिलाउने फैसला सुनाएको अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिए ।
सञ्जीवले गत कात्तिकमा दिपावलीका दिन श्रीमती आरती र छोरी रियामाथि एसिड प्रहार गरेका थिए । एसिड प्रहारबाट आरतीको अनुहारमा घाउ हुनुका साथै दाहिने आँखा गुमेको थियो । दाहिने छातिलगायत अंगमा पनि गम्भीर असर परेको छ ।
फैसला आउनुअघि आजै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पीडित आरतीलाई प्रदेश सरकारको तर्फबाट ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  १० : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।