५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आज धेरै भारी वर्षा हुने, सतर्क रहन आह्वान




११ भदौं ०७८, काठमाडौं । शुक्रबार आज मुलुकका विभिन्न क्षेत्रमा धेरै भारी वर्षाको आँकलन गरिएको छ । मनसुन फेरि सक्रिय भएसँगै देशभर पानी परिरहेकोमा शुक्रबार प्रदेश १, २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।
शुक्रबार राति पनि देशभर वर्षा हुनेछ ।
शनिबार धेरै स्थानमा वर्षाको सम्भावना छ। जसमा पनि प्रदेश १, गण्डकी, लुम्बिनी , कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी÷धेरै भारी र बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आइतबार पनि धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी÷धेरै भारी सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । वर्षाका कारण बाढीपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ८ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।