
७ असोज ०७८, काठमाडौँ । नेपाल फोटो पत्रकार समूहले एनएफपिजे फोटो पत्रकारिता पुरस्कार वितरण गरेको छ ।
संस्थाले हरिगोपाल फोटो पत्रकारिता पुरस्कार २०७६ र ७७ मनोरन्जनतर्फ नवराज वाग्ले र कपिल खड्काले पाएका छन् । खेलकुद विधामा सत्यम श्रेष्ठ र उज्जवल डंगोल ,पर्यापर्यटन तर्फ नारायण सिलवाल र प्रेम थापा सस्कृति समपदा तर्फ सोभा मर्हजन र प्रदीप शाक्य र साहासिक तर्फ मुकुन्द कालीकोटे र पूर्णीमा श्रेष्ठ लाई प्रमाण पत्र र तामाको तक्मा प्रदान गरिएको छ ।
पूर्वशसत्र प्रहरी नायव महानिरिक्षक माधव थापाको नाममा स्थापना गरिएको माधव थापा जोखिम पूर्ण फोटोपत्रकारिता पुरस्कार सिलापत्रका फोटोपत्रकार शुसील कुमार श्रेष्ठले पाएका छन् । यस पुरस्कारको राशी रु दश हजार रहेको छ ।
बुधबार राजधानी काठमाडौंको सम्पन्न कार्यक्रममा फोटोपत्रकार प्रदिपराज वन्तको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । राजेन्द्र चित्रकारको संयोजकत्वमा रहेको तत्कालीन कार्यसमिति भङ्ग गरी निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो ।
जसमा वरिष्ठ उपाध्यक्षमा रातोपाटीका कृष्ण खड्का, महिला उपाध्यक्षमा राससका भगवती थापा, महासचिवमा हिमालय टाइम्सका नवराज श्रेष्ठ, कोषाध्यक्ष न्यूभिजन मिडियाका सागर श्रेष्ठ, सचिव रिर्पोटस नेपालका मुकुन्द कालिकोटे रहेका छन् ।
कार्यसमिती सदस्यहरुमा अन्नपूर्ण टाइम्सका घनश्याम श्रेष्ठ, वाह्रखरीका हरिश सिंह नगाल, अनलाइनखवरका आर्यन धिमाल,थाहा खवरकी शिला तिमीलसिना, नयाँपेजका प्रबिण कुलुङ राई , नेवा टाइम्सका रमिता छुँजु र प्रदीप कुमार श्रेष्ठ चयन भएका छन ।







प्रतिक्रिया