
२३ असोज ०७८, काठमाडौ । राजधानी काठमाडौं लगायत देशका मुख्य मुख्य शहरमा दुर्गाको प्रतिमा बनाउन सुरु गरिएको छ । शहरका मुख्य चोकमा राखेर पुजा आरधना गरिने यी दुर्गाका प्रतिमा माटो वालुवा र सिमेन्ट प्रयोग गरेर निर्माण गरिन्छ ।
केही बर्षअघिसम्म भारतका मुख्य शहर र तराईमा मौलाएको यो संस्कृती विस्तार हुँदै पोखरा र काठमाडौंजस्ता ठूलो शहरमा फैलिसकेको छ ।
घटस्थापनाका दिनदेखि कालिगढहरु दुर्गासँगै रावणको मूर्ति निर्माणमा व्यस्त हुने रोतहटका रामेश्व्र यादव वताउछन् । उनका अनुसार यस्ता मूर्ति बनाउने कालिगढहरुले आफै शहरका चोकमा राख्दैनन् । मुख्यतः शहरका व्यापारी र दुर्गाका भक्तहरुले कालिगढलाई मूति बनाउन लगाउछन् र राख्छन् ।
धेरैजसो व्यापारी उद्यमीहरुले पैसा उठाएर दुर्गाको पूजा चलाउछन् । कतिपय व्यापारी आफैले सबै खर्च व्यहोरेर दुर्गाको पूजा कार्यक्रम गर्छन् ।
पूलपातीको दिन पूजा आरम्भ परे कोज्रागत पूर्णिमाो दिन झकी सहितमा लगेर सेलाउने चलन छ।
माता नवदुर्गाको प्रतिमालाई अन्तिमरुप दिँदै कालीगढ यो तस्विर पत्रकार सन्जीत मण्डलले खिचेका हुन् ।
२३ आश्विन २०७८, शनिबार
0
Shares







प्रतिक्रिया