९ माघ २०८२, बिहिबार | Thu Jan 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आजबाट मौसम विग्रने,बर्षाको सम्भावना, चिसो बढ्ने




३० असोज ०७८, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज शनिबारबाट केही दिन मौसम विग्रने बताएको छ ।
विभागको शुक्रबार जारी गरेको विशेष मौसम बुलेटिनका अनुसार भारतको आन्द्रप्रदेश तथा उडिसा क्षेत्रबाट मौसम विग्रन सुरु गरेको छ । विभागले जारी गरेको बुलेटिनका अनुसार आजबाट मौसम विग्रन सुरुहुनेछ भने आइतबारदेखि केही ठाँउमा बर्षा सुरु हुनेछ । यो क्रम केही दिने हुनसक्ने विभागको अनुमान छ ।
विधागले बुलेटिन जारी गर्दै भनेको छ ’धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षाको समेत सम्भावना छ,’ बुलेटिन हनुसार उच्च पहाडी तथा हिमाली भू–भागहरूमा हिमपातको पनि सम्भावना छ ।
जारी बुटेटिन अनुसारको विवरण :

२०७८ असोज ३० गते (शनिबार)
दिउँसोः देशको प्रदेश नम्बर १, प्रदेश नम्बर २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
रातिः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
२०७८ असोज ३१ गते (आइतबार)
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
रातिः देशभर सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानका साथै प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ५ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।