
७ कार्तिक ०७८, काठमाडौं । बाढी, पहिरो र डुबानमा परी १ सय १३ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार वर्षाजन्य विपत्का घटनामा परी देशभर ३३ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। त्यस्तै विपत्का घटनामा परी देशभर ३२ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ।
बाढीका कारण जम्मा २ हजार २३२ वटा घर डुबानमा परेका छन्। ७१ वटा घर, १६ वटा गोठ, ६ वटा पुल, १ वटा विद्यालय र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। १८६ वटा पशु चौपायको मृत्यु भएको छ। उक्त अवधिमा विपद्का घटनाबाट १ हजार १८८ वटा घर परिवार विस्थापित भएका छन्।
७ कार्तिक २०७८, आइतबार
0
Shares







प्रतिक्रिया