१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अमेरिकाबाट एक लाख ६२० डोज फाइजर खोप नेपाल आइपुग्यो



८ कात्तिक ०७८, काठमाडौं । अमेरिकाले नेपाललाई उपलब्ध गराएको एक लाख ६२० डोज फाइजर खोप नेपाल आइपुगेको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटमार्फत यसबारे जानकारी दिएको हो । कोभ्याक्स सुविधा अन्तरगत सो खोप नेपाललाई उपलब्ध गराइएको हो ।
अमेरिकाबाट आउने फाइजर खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी र किशोर–किशोरीलाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसअघि नै जनाइसकेको छ ।
यसअघि गत जुलाईमा अमेरिकाले १५ लाख ३० हजार डोज जोन्सन एण्ड जोन्सनको खोप पठाएको थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ११ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।