८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


जनआन्दोलनको योद्धा कायस्थको सम्झनामा श्रद्धाञ्जली सभा



९ कात्तिक ०७८, चापागाँउ । २०४६ सालको प्रजातान्त्रिक आन्दोलनका योद्धा सुनन्द मेयर कायस्थको सम्झनामा मंगलबार चापागाँउमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । कायस्थको १४ औं पुण्यतीतिमा आयोजित सभामा आर्थिक अवस्था कमजोर रहेको परिवारलाई पार्टीका नेता कार्यकर्ताहरु मिलेर १ लाख रुपैया सहयोग समेत गरेका छन् ।


कार्यक्रममा पुर्वअर्थराज्यमन्त्री उदय शम्सेर राणाले १० हजार, नेता मनिकृष्ण महर्जनले १० हजार, गोदावरी नगरकी मेयरले मुना अधिकारीले ५ हजार, काँग्रेस गोदावरी नगर पुर्व सभापति सुरज श्रेष्ठले ५ हजार दिएका छन् । कार्यक्रममा उठेको ८७ हजार परिवारलाई हस्तान्तरण गरिएको थियो भने प्रतिवद्धता भएको बाँकी रकम पछि हस्तान्तरण गरिने वागमती प्रदेश तरुण विभागका सचिव उमेश कायस्थले बताए ।
नेपाली काँग्रेस गोदावरी ११ ले आयोजना गरेको सभामा बोल्दै पुर्वअर्थराज्यमन्त्री उदय शम्सेर राणाले स्वर्गीय कायस्थ नेपाली काँग्रेसका अव्वल कलाकार समेत रहेको सम्झिए । उनले भने, ‘२०४६ साल ताका यस्तो डिजिटल प्रिन्टको समय थिएन । स्व.कायस्थले नेपाली काँग्रेसको थुप्रै नारा लेखेका झण्डा र रुखको चित्र बनाएका छन् ।’
नेपाली काँग्रेस महासमिती सदस्य मिनकृण महर्जनले स्व.कायस्थले नेपाली चलचित्रको पोष्टर बनाएको सम्झदै भने २०४२ सालको सत्याग्रहमा भाग लिएर जेल बसेर प्रजातान्त्रिक आन्दोलनका विषेश योगदान दिएको बताए । उनले भने,‘कायस्थ ६ महिना जेल समेत बसे । तर पार्टीबाट लाभ भने लिएनन् ।’
कार्यक्रममा वागमती तरुण विभाग सचिव उमेश कायस्थले प्रजातान्त्रिक आन्दोलनमा योगदान दिने तर पार्टीबाट उपेक्षामा परेका स्वर्गीय कायस्थाको परिवारका पार्टीले सहयोग गर्नु पर्ने बताए । उनले पार्टीका नेता कार्यकर्ता अप्ठ्यारोमा पर्दा सहयोग गर्न अक्षय कोष बनाउन समेत प्रस्ताव गरेका थिए ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  १० : ३१ बजे