७ असार २०८३, आइतबार | Mon Jun 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भाइटीकाको साइत सार्वजनिक



१५ कात्तिक ०७८, काठमाडौं ।   तिहारको भाइटीकाको साइत सार्वजनिक गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिको बैठकले कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटका लागि भाइटीकाको साइत निर्क्योल गरेको हो ।

समितिका अध्यक्ष कृष्ण अधिकारीले यस वर्षको भाइटीकाको साइत कात्तिक २० गते शनिवार बिहान ११ः०२ बजे जुरेको बताए। बुधबारबाट यमपञ्चक शुरु हुँदैछ।

कात्तिक १७ गते बुधबार काग तिहार तथा कुकुर तिहार परेको छ भने कात्तिक १८ गते बिहिबार लक्ष्मी पूजा परेको छ । यस्तै गोवर्धन पूजा तथा गाईगोरु पूजा १९ गते शुक्रबार परेको छ ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ३ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।