१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नेपालगञ्ज विमानस्थलमा बँदेलसँग ठोक्कियो जहाज   



तस्बिर : सीता एयर

१६ कात्तिक ०७८,  राँझा । हुम्लाको सिमकोट उड्ने क्रममा रहेको सीता एयरको जहाज आज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएको छ ।

बिहान करिब ७ बजेतिर चालकदलका सदस्यसहित १७ जना सवार नाइन एन एएचबी नम्बरको जहाज उड्ने क्रममा धावनमार्गमै बँदेलसँग ठोक्किन पुगेको नेपालगञ्ज विमानस्थलका प्रमुख सुवास झाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा कुनै पनि मानवीय क्षति भएको छैन । सबै यात्रु र चालकदलका सदस्य सकुशल छन् । जहाज धावनमार्गमा गुडिरहेका बेला चालकदललाई जहाजको चक्कामा समस्या आएकोजस्तो अनुभूति भएपछि पाइलटले जहाजलाई उड्नबाट रोकेका थिए । जहाज रोकेर हेर्दा घटनास्थलमा तीन बँदेल टुक्राटुक्रा परेको अवस्थामा फेला परेका थिए ।

जहाजको अगाडिको टायरमा प्वाल परेको हुँदा धावनमार्गबाट हटाइएको छ । बँदेलको मासु धावनमार्गभरि छरिएका कारण नेपालगञ्ज विमानस्थलको उडान केहीबेर बन्द गरिएको विमानस्थलका प्रमुख झाले बताए । विमानस्थलमा धेरै झाडी र बुट्यान भएका कारण बेलाबेलामा बँदेल, स्याललगायतका जङ्गली जनावार जहाजसँग ठोक्किने गरेका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  १० : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।