२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विचार


फूलै फूलले सझियो न्युरोड,टिकटक बनाउनेको भीड



ललितपुर खबर
१९ कात्तिक ०७८, काठमाडौं । राजधानीको नयाँ सडक झिलिमिलि छ । चारैतिर फूलफूलको व्यापार,रंगीविरंगी बत्ती अनि सुन्दरफूलले सझाइएको पसलहरु ।
आउनुस् हामी फूलले सझिएका न्युरोडबारेचर्चा गरौं ।


न्युरोडका पसलहरु फूलैफूलले सझाइएका छन् । विशेष गरी यहाँका ज्वलरी पसलहरुमा सझावटको भव्यता देख्न सकिन्छ । विशाल बजारको सटरमा रहेका पसलहरुको लवीमा विभिन्न रंगका तोरण टाटिएको छ । रंगीविरंगी बत्तीसँगै सँगै अनगिन्ती फूलहरु राखिएका छन् । यहाँका पसलहरु आफ्नै कलामा फूलहरुले सझाइएका छन् ।
विशाल बजारमा मात्रै होइन यसको समुन्ने रहेका ज्वलरीहरु पछि उस्तै राम्रो पारामा सझाइएका छन् ।


न्युरोडमा विशेष सझावट गणपति ज्वलरीमा देख्न सकिन्छ । विशाल बजारको आँगनमा ज्वलरीले फूलैफूलको डिजाइनमा फूलहरु राखेर रमणिय स्थल बनाएको छ ।
यहाँ दिनभर आगन्तुकको भीड रहन्छ । फुलहरुसँग फोटो खिचाउने र टिकटक बनाउने युवा युवतीको भीड हुने ज्वलरीका मालिक शक्ति कुमार बेगानी बताउछन् ।
यस ज्वलरी लाखौं खर्चेर बनाएको अनुमान लगाउन सकिन्छ । ज्वलरी अगाडि ड्युटीमा बसेका सुरक्षाकर्मीका अनुसार साडे सात लाखभन्दा धेरै बजेट खर्चेर यो सझावट गरिएको हो । तर यसको कुनै हिसाव किताव नराखेको ज्वलरीका मालिक बेगानी बताउछन् । दिपावली र धनतेरसका लागि सझाइउका यहाँका ज्वलरी आफ्नो व्यावसायका लागि लगानी गरेको गणपतिका मालिक बेगानीको भनाई छ ।


तिहारमा धनतेरसका दिन सुन, चाँही र हिराको व्यापारबढ्ने गरेको छ । नयाँ सडकका पसलहरुमा यस दिन गरहगना किन्नेको भीड लाग्ने गरेको छ । यीनै सुन चाँदीका ग्राहक तान्न आफ्नो पसल चलाउने प्रचलन पछिल्लो समयमा बढ्दै गइरहेको छ ।

 

 

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  १२ : १० बजे