८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


गोदावरी मेयर कपको फाइनलमा गोदावरी र लेलेको भिड्दै



फाइल तस्विर

ललितपुर खबर
२६ कात्तिक ०७८, चापागाँउ । गोदावरी नगरपालिकामा जारी दोश्रो मेयर कप फुटवलको फाइनलमा शनिबार गोदावरी र लेले भिड्ने भएका छन् ।
टुस्टार क्लवका अध्यक्ष रविन्द्र महर्जनका अनुसार विहीबार ललितपुरको ठेचो फुटवल मैदानमा भएको सेमिफाइनल खेलमा गोदावरी वडा नम्बर ३ क र गोदावरी वडा नम्बर ३ ख टिमको खेलमा गोदावरी ख लाई गोदावरी क ले १ गोलको विरुद्ध ४ गोलले विजयी हुँदै फाइनल यात्रा तय गरेको हो ।
सेफिफाइनलको दोश्रो खेलमा गोदावरी १४ ठैवले १ गोल गरेको थियो । ४ गोलको मद्दतले गोदावरी ५ लेले कले गोदावरीसँग फाइनल खेल पक्का गरेको थियो ।
शनिबार २ बजे ललितपुरको ठेचो मैदानमा फाइल खेल हुनेछन् । मेयर कपको विजयी टिमले १ लाखसँगै ट्रफी पाउनेछ भने उपविजेताले ४० हजारको साथमा पाउनेछ ।
विविधतामा एकताको नारा लिएर जारी मेयर कप टु स्टार क्लवको २७ औं वर्षकाठको अवसरमा आयोजना भएको हो । क्ललाई सहकारी पेले प्रायोजन गरेको छ भने पावर वाई प्लानेट अर्थ सोलुसन रहेको छ । गोदावरी नगरपालिकाको सहयोग रहेको मेयर कपको सह आयोजक गोदावरी १२ ठेचो वडा कार्यालय रहेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ८ : ४२ बजे