८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


एमाले ललितपुरले छान्यो ५ जना महाधिवेशन प्रतिनिधि



ललितपुर खबर
२६ कात्तिक ०७८,ललितपुर । आसन्न्न एमाले महाधिवेशनका छनौटका लागि देशभरबाट प्रतिनिधि छनौंट सुरु भएको छ । यसै क्रममा ललितपुर १मा पनि प्रतिनिधि छनौट गरिएको छ ।
ललितपुर एमाले सचिव का अनुसार ललितपुर १ बाट महाधिवेशनमा सहभागी हुने ५ जना खुल्ला तर्फका प्रतिनिधिको नाम सर्वसम्मत छनौट गरिएको छ ।
छनौट हुनेमा संघीय सासंद नवराज सिलवाल, प्रदेश कमिटी सदस्य मधुसुदन पौडेल, प्रदेश सासंद चेतनाथ सञ्जेल, जिल्ला पार्टी सचिव पुरुषोत्तम आचार्य र महाकाल गाँउपालिका अध्यक्ष रामचन्द्र दाहाल रहेका छन् । संघीय सासंद नवराज सिलवालका अनुसार नाम टुंगो लागेपनि औपचारिक घोषणा भने भइनसकेको ललितपुर खबरलाई जानकारी दिए । उनले भने, ‘सम्भवतः आज घोषणा होला ।’
महाधिवेशनमा ललितपुरबाट जम्मा १८ जना प्रतिनिधि सहभागी हुने छन् । जसमा क्षेत्र नं १ बाट खुल्ला ५ जना र महिला २ जना रहनेछन् । भने ललितपुर क्षेत्र नं २ बाट ४ जना खुल्ला र १ जना महिला छनौट गरिने तय भएको छ । ललितपुर क्षेत्र नं ३ बाट ४ जना खुल्ला र १ जना महिला सहभागी छन् । साथै दलित कोटाबाट एक जना समेत प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन ।
यही मङ्सिर १० गते देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनमा नयाँ नेतृत्व छनोटको लागि देशभरबाट १९९९ जना प्रतिनिधि सहभागी हुनेछन ।

यसै समाचारमा एमाले ललितपुरमा सचिव पुरुषेत्तम आचार्यको ठाँउमा अन्य तस्विर भुलवश पर्न गएकोमा क्षमायाचना सहित तस्विर परिवर्तन गरि भूलसुधार गरिएको छ । सम्पादक

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ९ : ४९ बजे