३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दक्षिण अफ्रिकामा बढ्यो कोभिडको नयाँ भेरियन्ट




एजेन्सी
१० मंसिर ०७८, केप टाउन । विश्व स्वास्थ्य संगठन (डब्लूचओ) ले दक्षिण अफ्रिकामा कोरोनाभाइरसको नयाँ भेरियन्ट तीव्र फैलिरहेको जनाएको छ । नयाँ भेरियन्टका कारण कोरोनाभाइरसविरुद्धको खोप पनि प्रभावहीन देखिएको छ । विश्वभर कोभिडका हजारौं भेरियन्ट (प्रकार) भेटिएका छन् ।
नयाँ भेरियन्ट पहिचान गरेका दक्षिण अफ्रिकाका विज्ञहरुले यसको उत्परिवर्तन असंख्य भएको बताएका छन् । नयाँ भेरियन्टका कारण अहिले प्रयोगमा आएका कोभिड खोप प्रभावकारी नहुने उनीहरुको भनाई छ । डब्लूचओका विज्ञहरू नयाँ भेरियन्टबारे अध्ययन गर्न दक्षिण अफ्रिकी देशको भ्रमण गर्दैछन् ।
नयाँ भाइरस देखिएसँगै बेलायतले दक्षिण अफ्रिकाका ६ देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । बेलायतले दक्षिण अफ्रिका, नामिबिया, जाम्बिया, बोत्सवान, लेसेथो, इस्वातिनीका नागरिकलाई प्रतिबन्ध लगाएको हो ।

 

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ८ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।